वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको छ भने बाँकी आरोपीहरूलाई सफाइ दिएको छ । नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, […]

Dec 5, 2024 - 16:24
 0
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको छ भने बाँकी आरोपीहरूलाई सफाइ दिएको छ ।

नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ । अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अरु आरोपितलाई भने सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register