वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन– १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्नू

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् । निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका […]

Dec 6, 2024 - 00:30
 0
वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन– १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्नू

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् ।

निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने प्रतिबद्धता जनाए ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिएका छन् । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register