हेगमा विस्फोटपछि भवन भत्कियो : चार जनाको मृत्यु, धेरै मानिस फसेको आशङ्का

द हेग । नेदरल्यान्ड्सको प्रसिद्ध शहर ‘द हेग’मा स्थानीय समय अनुसार शनिबार बिहानै विस्फोटपछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहानसम्ममा चार जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा अन्य धेरै मानिस फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य भइरहेकाे छ । द हेग शहरका नगर प्रमुखले […]

Dec 8, 2024 - 01:06
 0
हेगमा विस्फोटपछि भवन भत्कियो : चार जनाको मृत्यु, धेरै मानिस फसेको आशङ्का

द हेग । नेदरल्यान्ड्सको प्रसिद्ध शहर ‘द हेग’मा स्थानीय समय अनुसार शनिबार बिहानै विस्फोटपछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

आइतबार बिहानसम्ममा चार जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा अन्य धेरै मानिस फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य भइरहेकाे छ ।

द हेग शहरका नगर प्रमुखले विट र आगलागीका कारण भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको बताएका हुन् । नगर प्रमुख यान भान जानेनले भने, ‘भग्नावशेषबाट चार जनाको शव निकालिएका छ ।’

हेगस्थित तीनतले आवासीय भवनको एउटा भाग भत्किएको र भग्नावशेषमा खोजी कुकुरसहित उद्धारकर्मीहरूले उद्धारका लागि काम गरिरहेका छन् ।

घटनाको कारण तत्काल स्पष्ट नभए पनि विस्फोट भएको केही समयपछि नै घटनास्थलबाट तीव्र गतिमा आउँदै गरेको कारबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

घटनामा कम्तीमा पाँचवटा घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । तर कति घर भग्नावशेषमा फसेका हुन् समाचार तयार पार्दासम्म पुष्टि हुन सकेको छैन ।

आपतकालीन सेवाहरूले भवन भत्किएपछि चार जनालाई अस्पताल पुर्याएको थियो ।

अग्निनियन्त्रकहरूले आगो निभाएपछि भारी निर्माण उपकरणहरू भग्नावशेष सफा गर्न घटनास्थलमा खटिएका छन् ।

स्थानीय १४ वर्षीय एडम मुलरले घटनाबारे एएफपीसँग भने, ‘म सुतिरहेको थिएँ । अचानक ठूलो विस्फोट भयो । मैले झ्यालबाट बाहिर हेरेँ र आगोको ज्वाला देखेँ । विष्फोटले हाम्रो घरमा पनि ठूलो झट्का दिएको थियो ।’

घटनापछि स्थानीय अधिकारीहरूले घटनास्थल वरपरका घरका झ्याल र ढोका बन्द गरी घरभित्र नै सुरक्षित बस्न आग्रह गरेका छन् । घटनास्थलमा अनुसन्धान अधिकारीहरू पुगी घटनाबारे जानकारी लिएका छन् ।

प्रहरीले घटनास्थलबाट भागिरहेको कारलाई देखेको भनेका व्यक्तिसँग भेट्ने र नजिकका सिसिटिभी क्यामराको रेकर्डलाई हेर्ने काम गरिरहेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register