आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारेर अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङ रहेका छन् । उनले वैदेशिक रोजगारीका लागि एक जनालाई अल्बानिया पठाउने […]

Nov 13, 2024 - 07:11
 0
आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारेर अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङ रहेका छन् ।

उनले वैदेशिक रोजगारीका लागि एक जनालाई अल्बानिया पठाउने भन्दै ५ लाख ३ हजार ९ सय रुपैयाँ ठगी गरेका थिए । विदेश पठाउने भन्दै पीडितबाट पैसा लिए पश्चात विदेश नपठाई उनी सम्पर्क विहीन भएका थिए ।

तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते दक्षिणढोकाबाट पक्राउ गरेको हो ।  हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register