‘सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गराउछौँ’- मन्त्री यादव 

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । काठमाडौँमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।  उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको पनि उल्लेख गरेका छन् ।  उनले देशमा सहकारी पीडित नागरिकहरु […]

Nov 10, 2024 - 04:51
 0
‘सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गराउछौँ’- मन्त्री यादव 

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । काठमाडौँमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको पनि उल्लेख गरेका छन् । 

उनले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरेका छन् । अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको समेत मन्त्री यादवले बताउका छन् । 

त्यस्तै, मन्त्री यादवले गल्ती गर्नेहरु ठूलै राजनीतिक दलहरु नै भए पनि सरकारले नछोड्ने बताएका छन् । उनले अप्रत्यक्ष रुपमा रास्वपालाई लक्षित गर्दै आन्दोलन गरेर सहकारी पीडितले पैसा नपाऊन् भन्ने गरी काम भएको समेत बताएका छन् । सहकारी ठगीमा एमालेले आफ्नै पार्टीका मेयर तथा पदाधिकारीमाथि अनुसन्धान गरिरहेका भन्दै उनले अहिलेको विरोध विरोधकै लागि मात्र भएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register