रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम खुम्चियो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३२ अङ्कले घटेर २६६९ दशमलव ८२ को विन्दुमा पुगेको छ । मंगलबार ३०३ कम्पनीका ५२ हजार ७ सय ५ पटकको कारोबारमा ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ […]

Dec 10, 2024 - 09:55
 0
रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम खुम्चियो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३२ अङ्कले घटेर २६६९ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०३ कम्पनीका ५२ हजार ७ सय ५ पटकको कारोबारमा ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् भने आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register