सडक दुर्घटना अभिलेखले कम गर्न सक्छ दुर्घटना

काठमाडौं। नेपालमा दिनहुँ बढ्दै गइरहेको सडक दुर्घटनाको समस्यालाई कम गर्न आवश्यक सुरक्षा उपायका लागि सडक दुर्घटना अभिलेख कसरी राख्नुपर्छ भन्ने विषयमा मंगलबार सडक सुरक्षाविज्ञ तथा पत्रकारहरुबीच राजधानीमा छलफल सम्पन्न भयो । फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा (एनआरएसआईएमएस) का इन्जिनियर […]

Dec 10, 2024 - 11:02
 0
सडक दुर्घटना अभिलेखले कम गर्न सक्छ दुर्घटना

काठमाडौं।

नेपालमा दिनहुँ बढ्दै गइरहेको सडक दुर्घटनाको समस्यालाई कम गर्न आवश्यक सुरक्षा उपायका लागि सडक दुर्घटना अभिलेख कसरी राख्नुपर्छ भन्ने विषयमा मंगलबार सडक सुरक्षाविज्ञ तथा पत्रकारहरुबीच राजधानीमा छलफल सम्पन्न भयो ।

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा (एनआरएसआईएमएस) का इन्जिनियर नेमी भट्टराईले सडक दुर्घटनाको अभिलेख कसरी राख्दा त्यसको विश्लेषणबाट सडक इन्जिनियरिङमा सुधार गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले नेपालमा सडक दुर्घटनाको समस्या गम्भीर बन्दै गएकोले यसलाई कम गर्न दुर्घटनाको तथ्यांक संकलन र त्यसको व्यवस्थापनसम्बन्धी नयाँ प्रणालीको कार्यान्वयनले सडक सुरक्षा सुधारमा ठूलो मद्दत पुग्ने बताए । उनले वैज्ञानिक ढंगबाट संकलन गरिने तथ्यांकबाट दुर्घटनाका कारणहरुको विश्लेषण गर्न सहज हुने हुँदा आवश्यक उपायहरुको कार्यान्वयनमा ल्याई दुर्घटनामा कमी ल्याउन सकिने बताए । यद्यपी नेपाल प्रहरीले संकलन गरेको यस्ता तथ्यांकहरु प्राप्त गर्न एनआरएसआईएमएस त्यति सहज नभएकोले तथ्यांक विश्लेषणमा समस्या परिरहेको पनि उनको गुनासो थियो ।

यातायात विभागले सडक दुर्घटनाका घटनाहरुको तथ्यांक संकलन र व्यवस्थापन गर्न नयाँ प्रणाली ‘रोड क्र्यास डेटा क्याप्चर’ लागु गरेको र यसले दुर्घटनाको विश्लेषण गर्ने प्रक्रियामा सुधार ल्याएको कार्यक्रममा बताइयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register