एनआरएनएका अध्यक्ष कुँवरलाई ‘म्याग्दीको नक्षत्र’ सम्मान

म्याग्दी।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरलाई ‘म्याग्दीको नक्षत्र’ को रूपमा सम्मान गरिएको छ । म्याग्दी जिल्ला, बेनी नगरपालिका– ४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय, र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका हुन् । आठौं म्याग्दी महोत्सवका अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुँवरलाई उक्त सम्मान गरेका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा […]

Jan 12, 2025 - 14:26
 0
एनआरएनएका अध्यक्ष कुँवरलाई ‘म्याग्दीको नक्षत्र’ सम्मान

म्याग्दी।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरलाई ‘म्याग्दीको नक्षत्र’ को रूपमा सम्मान गरिएको छ । म्याग्दी जिल्ला, बेनी नगरपालिका– ४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय, र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका हुन् ।

आठौं म्याग्दी महोत्सवका अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुँवरलाई उक्त सम्मान गरेका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बसेर पनि मातृभूमिप्रति सेवामा योगदान पु¥याउने, देशको आर्थिक विकास र समाजसेवामा अद्वितीय भूमिका खेल्नुभएकोमा कुवँरको प्रशंसा गरे ।

कुँवरले विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालमा उपयोग गर्न विशेष ध्यान दिएका छन् । वैदेशिक लगानी र आधुनिक प्रविधि नेपाल भित्र्याउँदै उनले ऊर्जा, उद्योग, र रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण काम गरेका छन् । उनको नेतृत्वमा निर्माणाधीन धौलागिरी हाइड्रोपावर परियोजनाले म्याग्दी क्षेत्रको विकासलाई गति दिन विश्वास लिइएको छ ।

सम्मान समारोहमा अध्यक्ष कुँवरले एनआरएनहरूको नागरिकता र सम्पत्ति खरिदसम्बन्धी रोकिएको कार्यविधिलाई शीघ्र समाधान गर्न सरकारलाई आग्रह गरे। उनले यस विषयमा प्रवासी नेपालीहरूको गम्भीर चासो रहेको उल्लेख गर्दै, “यो समस्या समाधान भएमा विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी र विकासका कार्यहरू गर्न थप उत्साहित हुनेछन्,” भने।

कुँवर हाल धौलागिरी हाइड्रोपावर, हिमालयन सान सोजु, विजे इन्टरनेशनललगायत विभिन्न कम्पनीहरूको अध्यक्ष हुन। उनी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र म्याग्दी प्रवासी संघका संस्थापक पनि हुन। उनको नेतृत्वमा नेपाल र कोरियाबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register