के रुस र युक्रेन युद्ध अपरिहार्य छ ?

बेलायतको विदेश कार्यालयले पनि आफ्ना नागरिकहरूलाई "आवत जावत का  माध्यमहरू उपलब्ध हुँदा" नै युक्रेन ​​छोड्न आग्रह गरेको बीबीसीले जनाएको छ। 

Feb 12, 2022 - 08:24
 0
के रुस र युक्रेन युद्ध अपरिहार्य छ ?

रुसी आक्रमणको खतरालाई मध्यनजर गर्दै धेरै देशहरुले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न सल्लाह दिएका छन् ।

 सीएनएनले रिपोर्ट अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार भने कि युक्रेनमा रहेका अमेरिकीहरूले "जति सक्दो चाँडो" युक्रेन छोड्नुपर्ने छ। 

बेलायतको विदेश कार्यालयले पनि आफ्ना नागरिकहरूलाई "आवत जावत का  माध्यमहरू उपलब्ध हुँदा" नै युक्रेन ​​छोड्न आग्रह गरेको बीबीसीले जनाएको छ। 

जापान, लाटभिया, नर्वे र नेदरल्याण्डले पनि आफ्ना नागरिकहरूलाई छाड्न आग्रह गरेका छन्। बेलायत, जर्मनी, फ्रान्स र अमेरिका र अन्य देशहरूले सम्भावित आक्रमणलाई रोक्न मद्दत गर्न कूटनीतिक प्रयासहरू जारी राखेका छन्।  एबीसी न्युजका अनुसार राज्य सचिव एन्थोनी ब्लिन्केनले शुक्रबार गरेको  टिप्पणी अनुसार रसियाले फेब्रुअरी 20 मा सकिने सितकालिन ओलम्पिक खेल समाप्त हुनु अघि अघि नै युक्रेन माथि आक्रमण गर्ने संभावना व्यक्त गरेका छन्।  

 एबीसी न्युजका अनुसार युक्रेनको सिमाना नजिक १,००,००० भन्दा बढी सेना भएतापनि र यस क्षेत्रमा सैन्य युद्धाभ्यास हुँदा पनि  रसियाले युक्रेन माथि आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ। 

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal