गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु, ब्रिगेड अधिकृतसहित दुईजना घाइते

जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको हो । सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक […]

Jan 13, 2025 - 01:21
 0
गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु, ब्रिगेड अधिकृतसहित दुईजना घाइते

जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको हो ।

सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन् ।

कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ । आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register