राष्ट्रपति पक्राउप्रति विपक्षी नेताको प्रतिक्रिया– दक्षिण कोरियामा न्याय जीवित छ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योलको गिरफ्तारीलाई विपक्षी दलका नेताले स्वागत गरेका छन् । डेमोक्र्याटिक पार्टी हाउसका नेता पार्क चुन डेले ‘दक्षिण कोरियामा न्याय जीवित’ रहेको प्रतिक्रिया दिएका हुन् । ‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनको पुनस्र्थापनातर्फको पहिलो कदम हो,’ पार्टीको बैठकमा उनले भने । बुधबार बिहान पक्राउपछि राष्ट्रपति युनले भिडियो […]

Jan 15, 2025 - 05:41
 0
राष्ट्रपति पक्राउप्रति विपक्षी नेताको प्रतिक्रिया– दक्षिण कोरियामा न्याय जीवित छ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योलको गिरफ्तारीलाई विपक्षी दलका नेताले स्वागत गरेका छन् ।

डेमोक्र्याटिक पार्टी हाउसका नेता पार्क चुन डेले ‘दक्षिण कोरियामा न्याय जीवित’ रहेको प्रतिक्रिया दिएका हुन् ।

‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनको पुनस्र्थापनातर्फको पहिलो कदम हो,’ पार्टीको बैठकमा उनले भने ।

बुधबार बिहान पक्राउपछि राष्ट्रपति युनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

मार्सल ल लगाएर लगत्तै फिर्ता विपक्षी दलका नेताहरूले उनलाई पक्राउ गर्न माग गर्दै आएका थिए ।

विपक्षी दलले युनविरुद्ध ल्याएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

युनलाई दक्षिण कोरियाको प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register