गण्डकीले एपीएफलाई दियो ७१ रनको लक्ष्य
काठमाडौं । महिला प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले एपीएफलाई ७१ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा गण्डकीले १५ ओभर खेलेर ४ विकेटको क्षतिमा ७० रन बनाएको हो । गण्डकीका लागि कप्तान सृजना पौडेलले २५ र श्रेया साहीले १३ रन बनाइन् । रेखा तामाङले १७ र निरुता जीटीले ५ रन जोडिन् । […]

काठमाडौं । महिला प्रधानमन्त्री कपमा गण्डकी प्रदेशले एपीएफलाई ७१ रनको लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा गण्डकीले १५ ओभर खेलेर ४ विकेटको क्षतिमा ७० रन बनाएको हो ।
गण्डकीका लागि कप्तान सृजना पौडेलले २५ र श्रेया साहीले १३ रन बनाइन् । रेखा तामाङले १७ र निरुता जीटीले ५ रन जोडिन् ।
एपीएफका लागि करुणा भण्डारी र बिनु बुढाले विकेट लिए ।
खराब मौसमका कारण खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो ।
What's Your Reaction?






