कचनकवलका कलेजो पीडित चौधरीलाई युवा संघको आर्थिक सहयोग

कचनकवल, ३० मंसिर । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले आर्थिक अभावका कारण उपचारबाट बञ्चित एक बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । युवा संघले कचनकवल गाउँपालिका–६ निवासी कलेजो रोगबाट पीडित सुमन चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेको हो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाहपछि संघले अभियान सञ्चालन गरी रकम संकलन गरेको थियो । युवा संघ [...] The post कचनकवलका कलेजो पीडित चौधरीलाई युवा संघको आर्थिक सहयोग appeared first on Jhapa Online.

Dec 15, 2024 - 13:36
 0
कचनकवलका कलेजो पीडित चौधरीलाई युवा संघको आर्थिक सहयोग

कचनकवल, ३० मंसिर । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले आर्थिक अभावका कारण उपचारबाट बञ्चित एक बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

युवा संघले कचनकवल गाउँपालिका–६ निवासी कलेजो रोगबाट पीडित सुमन चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेको हो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाहपछि संघले अभियान सञ्चालन गरी रकम संकलन गरेको थियो । युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको नेतृत्वमा चौधरीको घरमै पुगेर आइतबार ३९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

सहयोग रकम कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँले उनका बुवा देवु चौधरीलाई हस्तान्तरण गरिएको थियो । “चौधरी लिभरको समस्याबाट पीडित हुनुहुन्छ। डाक्टरको सल्लाहअनुसार लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि हामीले अभियान सञ्चालन गरेर आर्थिक सहयोग गरेका हौं,” अध्यक्ष ढुंगानाले भने । चौधरीको उपचारका लागि अझै ठूलो रकम आवश्यक भएकाले थप सहयोगको अपिल गरिएको छ ।

The post कचनकवलका कलेजो पीडित चौधरीलाई युवा संघको आर्थिक सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register