आदिवासीले पहिचान जोगाउन मात्रृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छस् : अध्यक्ष शेर्पा

काठमाडाैं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् । नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् । पछिल्लो समय आदिवासी जनजातिको मात्रृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त […]

Jan 15, 2025 - 10:04
 0
आदिवासीले पहिचान जोगाउन मात्रृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छस् : अध्यक्ष शेर्पा

काठमाडाैं ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मात्रृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् ।


नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् । पछिल्लो समय आदिवासी जनजातिको मात्रृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने, ‘हाम्रो मूल कुरा भनेकै मात्रृभाषा हो ।

मात्रृभाषा रह्यो भने हामी रहन्छौँ । मात्रृभाषा नै रहेन भने हामी कसरी रहन्छौ रु आज यहाँ कार्यक्रम सञ्चालकले मात्रृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मात्रृभाषा हो ।’


संस्कार, संस्कृति, भेषभूषा सँगै मात्रृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाई थियो ।
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएपनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताए । अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकारहरू खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुन आवश्यक रहेको बताए ।

‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’

पछिल्लो समय संविधान संशोधनको चर्चा भइरहेको भन्दै उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले पाएको अधिकार पनि खोस्ने षड्यन्त्र हुनसक्ने बताए । संविधान संशोधन हुँदा प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि पहलकदमी हुनुपर्ने उनको भनाई थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register