गाजामा युद्धविराम सहमतिसँगै विपिन रिहाइको बाटो खुल्यो

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको बाटो खुलेको छ । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेयता विपिन बेपत्ता छन् । उनको रिहाइका लागि विभिन्न पहल भएपनि सफलता हासिल हुन सकेको छैन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यही पुस १ गते मात्रै […]

Jan 16, 2025 - 02:56
 0
गाजामा युद्धविराम सहमतिसँगै विपिन रिहाइको बाटो खुल्यो

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको बाटो खुलेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेयता विपिन बेपत्ता छन् । उनको रिहाइका लागि विभिन्न पहल भएपनि सफलता हासिल हुन सकेको छैन ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यही पुस १ गते मात्रै हमासकोे नियन्त्रणमा रहेका नेपाली युवा विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी थिइन् ।

खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलेको थियो ।

हमासले इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक रहेको बताइएको छ ।

यद्यपि, इजरायलले यी बन्धकमध्ये ६० जना मात्र जीवित रहेको विश्वास गरेको छ । जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

युद्धविराम सहमतिपछि इजरायल र हमासले के–के भने ?

कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको वार्ता, विपिनको रिहाइमा सहयोग गर्न आग्रह

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register