५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ परेका भुसाल कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटी तिरेर छुटेका हुन् ।  न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ छोड्न आदेश दिएको हो । उनीविरुद्ध […]

Jan 17, 2025 - 11:23
 0
५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् ।

विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ परेका भुसाल कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटी तिरेर छुटेका हुन् । 

न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ छोड्न आदेश दिएको हो । उनीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरिएको थियो । 

मंसिर २९ गते रवि लामिछानेलाई भेट्न पुगेका भुसालले रवि हिरासतमा सुतिरहेको फोटो सिसिटिभी मनिटरबाट खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register