श्रीलङ्कामा नयाँ सभामुख चयन

काठमाडौं । श्रीलङ्काको संसद्‌ले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी)का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ । विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए । उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे । शैक्षिक योग्यतालाई लिएर […]

Dec 17, 2024 - 08:47
 0
श्रीलङ्कामा नयाँ सभामुख चयन

काठमाडौं । श्रीलङ्काको संसद्‌ले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी)का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए ।

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे ।

शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्वअध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिएका थिए । यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झुटो बोलेको आरोप लगाएका थिए । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register