२०२५ को सात महिनामा नेपालमा धेरै कमाउने ५ भारतीय फिल्म

सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ भारतीय फिल्मको सूची सार्वजनिक भएको छ । जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘सैयारा’ छ । रोचक के छ भने, शीर्ष ५ फिल्ममा दक्षिण भारतीय नभएर बलिउडको वर्चस्व छ । १. सैयारा – ६ करोड ६२ लाख नेरु ग्रस [...] The post २०२५ को सात महिनामा नेपालमा धेरै कमाउने ५ भारतीय फिल्म appeared first on Jhapa Online.

Jul 29, 2025 - 09:24
 0
२०२५ को सात महिनामा नेपालमा धेरै कमाउने ५ भारतीय फिल्म


सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ भारतीय फिल्मको सूची सार्वजनिक भएको छ ।

जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘सैयारा’ छ । रोचक के छ भने, शीर्ष ५ फिल्ममा दक्षिण भारतीय नभएर बलिउडको वर्चस्व छ ।

१. सैयारा – ६ करोड ६२ लाख नेरु ग्रस

२. हाउसफूल ५ – ४ करोड ९२ लाख नेरु ग्रस

३. सितारे जमीन पर – ३ करोड २२ लाख नेरु ग्रस्

४. सिकन्दर – ३ करोड १५ लाख नेरु ग्रस

५. छावा – २ करोड २० लाख नेरु ग्रस

यी मध्ये यशराज ब्यानरको फिल्म ‘सैयारा’ अहिले प्रदर्शन भैरहेकाले कमाइको आँकडा अझै माथि जान सक्छ । यसको लाइफटाइम कलेक्सन नेपाली बक्स अफिसमा १० करोड ग्रस हाराहारीमा हुनसक्ने अनुमान छ ।

सन् २०२५ को सुरुवाती ७ महिनामा नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा कमजोर देखिएको छ । ‘सैयारा’ म्युजिकल रोमान्टिक फिल्म हो भने ‘हाउसफूल ५’ कमेडी ।

चलचित्र विकास बोर्डको बक्सअफिसमा शीर्ष ५ सूचीमा भारतीय फिल्म नै रहन सफल भएका छन् ।

The post २०२५ को सात महिनामा नेपालमा धेरै कमाउने ५ भारतीय फिल्म appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register