शिवसताक्षीमा तीन हजार बढी पशुको निःशुल्क उपचार

शिवसताक्षी, १२ जेठ । झापाको शिवसताक्षी सञ्चालन गरिएको पशु स्वास्थ्य शिविर ३ हजार ५१ पशुको निःशुल्क उपचार गरिएको छ । गएको बैशाख १ गतेदेखि शिविर विभिन्न समय गरेर जेष्ठ ८ गतेसम्म सञ्चालन भएको थियो । शिविर शिवसताक्षीको वडा नं. ६, ७, १० र ११ मा सञ्चालन भएको शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ । [...] The post शिवसताक्षीमा तीन हजार बढी पशुको निःशुल्क उपचार appeared first on Jhapa Online.

May 26, 2025 - 02:46
 0
शिवसताक्षीमा तीन हजार बढी पशुको निःशुल्क उपचार

शिवसताक्षी, १२ जेठ । झापाको शिवसताक्षी सञ्चालन गरिएको पशु स्वास्थ्य शिविर ३ हजार ५१ पशुको निःशुल्क उपचार गरिएको छ ।

गएको बैशाख १ गतेदेखि शिविर विभिन्न समय गरेर जेष्ठ ८ गतेसम्म सञ्चालन भएको थियो । शिविर शिवसताक्षीको वडा नं. ६, ७, १० र ११ मा सञ्चालन भएको शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

जसमा गाई ४८० ओटा,भैसी १०२, बाख्रा १५०७, बंगुर २३१, कुकुर ५१, कुखुरा ६५० ओटाको निशुल्क उपचार गरिएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले बृहत पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा बाख्रा, गाई, भैँसी र बंगुरको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार ३० पशुलाई बन्ध्याकरण समेत गरिएको थियो ।

नगरस्तरीय शिविरमा पशुको गोवर र खोपलगायतको सुविधा प्रदान गरिएको थियो । जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाँको उपचार तथा औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा तीन हजार बढी पशुको निःशुल्क उपचार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register