कुखुराको अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौँ । कुखुराको अण्डाको मूल्य फेरि बढेको छ । शुक्रबार (पुष ५ गते) देखि लागू हुनेगरी कुखुराको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँका दरले बढेको हो । माग ह्वात्तै बढेपछि र उत्पादन घटेपछि मूल्य वृद्धि गर्नुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । अण्डाको मूल्य बढेसँगै अब किसानले मिडियम साइजका अण्डाको मूल्य प्रतिक्रेट ४ सय ८५ […]

Dec 20, 2024 - 02:14
 0
कुखुराको अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौँ । कुखुराको अण्डाको मूल्य फेरि बढेको छ । शुक्रबार (पुष ५ गते) देखि लागू हुनेगरी कुखुराको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँका दरले बढेको हो ।

माग ह्वात्तै बढेपछि र उत्पादन घटेपछि मूल्य वृद्धि गर्नुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

अण्डाको मूल्य बढेसँगै अब किसानले मिडियम साइजका अण्डाको मूल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय १५ रुपैयाँ पाउनेछन् ।

यसअघि किसानहरुलाई मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँ र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ दिइँदै आएको थियो । तर, किसानले पाउने मूल्य १५ रुपैयाँले बढेसँगै अब किसानबाट खरिद गरेर बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन, क्रेटको खर्च जोड्दा अण्डाको मूल्य प्रतिक्रेट १ सय ४० रुपैयाँ महँगिने संघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register