मण्डलामा ‘हरि हजुरबा’ (तस्वीरहरू)

काठमाडौं । नाटक ‘हरि हजुरबा’को थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ गतेदेखि मञ्चन सुरु भएको छ । मण्डला थिएटरको प्रस्तुति तथा दयाहाङ राई र बुद्धि तामाङको निर्माणमा तयार भएको यो नाटकको मञ्चन पुष ४ गते (बिहीबार)देखि सुरु भएको हो । नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको ‘हरि हजुरबा’मा बक्स अफिसमा सुपर हिट बनेको चलचित्र ‘पूर्ण […]

Dec 20, 2024 - 02:05
 0
मण्डलामा ‘हरि हजुरबा’ (तस्वीरहरू)

काठमाडौं । नाटक ‘हरि हजुरबा’को थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ गतेदेखि मञ्चन सुरु भएको छ । मण्डला थिएटरको प्रस्तुति तथा दयाहाङ राई र बुद्धि तामाङको निर्माणमा तयार भएको यो नाटकको मञ्चन पुष ४ गते (बिहीबार)देखि सुरु भएको हो ।

नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको ‘हरि हजुरबा’मा बक्स अफिसमा सुपर हिट बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बरालले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

नाटकमा बरालसँगै निर्देशक हुसेन, रियुल्साङ राई, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनीष पाण्डे र रिसु राउतले अभिनय गरेका छन् ।

अभिनेता बराल नाटक ‘मितज्यू’पछि रंगमञ्चमा देखिन लागेका हुन् भने अभिनेता हुसेन करिब १० वर्षको अन्तरालपछि रंगमञ्चमा फर्किएका हुन् ।

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने यस नाटकमा चिठी पुर्याउदै हिँड्ने हुलाकी युवक हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा समेटिएको छ ।

मण्डला थिएटरले घोषणा गरेका ७ नाटकमध्ये यो चौथो नाटक हो । यसअघि तेस्रो नाटक केदार श्रेष्ठद्वारा निर्देशित ’ढुकढुकी ७२ मेघाहर्ज’ मञ्चन गरिएको थियो ।

पुस २८ गतेसम्म मञ्चन हुने नाटक ’हरि हजुरबा’ को सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

हेरौं तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register