भ्वाइस अफ नेपालको मुख्य प्रायोजकमा ‘क्लोजअप’ : सङ्गीत क्षेत्रमा फ्रेस प्रतिभाको खोजी
काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यस पटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ । आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली सङ्गीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो । भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात काल नै नयाँ […]

काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यस पटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ ।
आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली सङ्गीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात काल नै नयाँ र फ्रेस गायक–गायिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली सङ्गीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गईरहेकोछ ।
क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।
यसै समारोहका बिच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्, ‘क्लोजअप सधैँ आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’
What's Your Reaction?






