कनकाई नगरपालिका बालमैत्री नगर घोषणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

चन्द्र बस्नेतकनकाई, २५ बैशाख । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख [...] The post कनकाई नगरपालिका बालमैत्री नगर घोषणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा appeared first on Jhapa Online.

May 8, 2025 - 13:37
 0
कनकाई नगरपालिका बालमैत्री नगर घोषणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

चन्द्र बस्नेत
कनकाई, २५ बैशाख ।
झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो।

सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो।

बालकल्याण अधिकारी उमानाथ ढकालका अनुसार कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री नगर बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाउनुभयो।

यसअघि कनकाईले नगर क्षेत्रमा सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बन्द क्षेत्र घोषणा गरिसकेको छ।

बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले गर्नुभयो। कार्यक्रममा लिम्बु, किरात, सन्थाल समुदाय, बालसञ्जाल, स्काउट, नौमती बाजा समूहहरूको सहभागितामा भृकुटी मावि दुर्गापुरबाट नगर कार्यपालिका भवन सम्म र्‍याली निकालिएको थियो।

बालसञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाका हकमा नगरसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।

नगर कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय २०७९ माघ १८ गते पारित भएको थियो। स्वागत प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गरेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले औचित्य माथी प्रकाश पार्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन), नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाई, नगरका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले घोषणा कार्यक्रमलाई सफल कार्यनयन तर्फ अगाडी बढाउन सुझाव दिनुभएको थियोे ।

नगरका सम्पूर्ण जनप्रतिनिधि आम नगर बासी नगर भरि रहेका निजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा विध्यार्थी, कर्मचारी सुरक्षा निकाय तथा सन्चारकर्मी समेत सहभागी रहेकोे कार्यक्रमको सन्चालन कार्यपालिका तथा वडा सदस्य रिता उप्रेती निर्मला खड्काले संयुक्त रुपमा सन्चालन गर्नुभएको थियोे ।

The post कनकाई नगरपालिका बालमैत्री नगर घोषणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register