प्रश्नपत्र आउट प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित ६ जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र बाहिर निकालेको आरोपमा काठमाडौं प्रहरीले साइपाल कलेजका प्रिन्सिपलसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ४ जना रहेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले सुकेधारामा सञ्चालित साइपाल कलेजका कर्मचारीहरूको मिलेमतोमा होटल मेनेजमेन्ट विषयको प्रश्नपत्र परीक्षा […]

May 8, 2025 - 16:45
 0
प्रश्नपत्र आउट प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित ६ जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र बाहिर निकालेको आरोपमा काठमाडौं प्रहरीले साइपाल कलेजका प्रिन्सिपलसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ४ जना रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुकेधारामा सञ्चालित साइपाल कलेजका कर्मचारीहरूको मिलेमतोमा होटल मेनेजमेन्ट विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको देखाएको छ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीय प्रिन्सिपल गणेश जोशी, क्याम्पस कोअर्डिनेटर काभ्रे घर भएकी ३७ वर्षीया संज्ञा खतिवडा र परीक्षा डिपार्टमेन्टमा कार्यरत नुवाकोट घर भएका रोश श्रेष्ठ रहेका छन्।

यसैगरी, घटनामा संलग्न बैतडी घर भएका ३० वर्षीय जीवन कुमार मडै र १७ वर्षका दुई किशोरलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register