बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति, १४ जेठ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज [...] The post बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा appeared first on Jhapa Online.

May 28, 2025 - 12:41
 0
बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति, १४ जेठ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।
प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो ।

प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले बताएका छन् । उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भएपनि न्युनीकरण गर्न दुर्घटना बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

ग्रामिण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।

बीमाका लागि सेवाप्रदायक बिभिन्न कम्पनीहरुसंग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी सोहीमार्फत बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्ष्र गरी सम्झौता गरेसंगै बीमा समेत लागू भएको छ ।

The post बुद्धशान्ति प्रेस क्लबले गरिदियो बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register