यी हुन् रास्वपा सचिवालय बैठकका ३ निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक सचिवालय बैठकले तीन वटा निर्णयहरु गरेको छ । बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको झाले बताए । […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक सचिवालय बैठकले तीन वटा निर्णयहरु गरेको छ ।
बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको झाले बताए । बैठकले उक्त मुद्दामा अदालतको न्यायीक प्रक्रियालाई सघाउने निर्णय गरेको छ ।
बैठकले आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय समेत गरेको छ ।
What's Your Reaction?






