भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठा छोराले गरे आत्मसमर्पण

काठमाडौं । भक्तपुरमा बाबुछोरा हत्या प्रकरणमा जेठा छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् । मिलन आचार्यले मङ्गलबार महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक […]

Dec 24, 2024 - 07:17
 0
भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठा छोराले गरे आत्मसमर्पण

काठमाडौं । भक्तपुरमा बाबुछोरा हत्या प्रकरणमा जेठा छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।

मिलन आचार्यले मङ्गलबार महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।

घटनापछि मिलन फरार थिए ।

आत्मसमर्पण गरेका मिलनले  प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा हत्या गरेको प्रहरीमा बताएका छन् ।

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेको बयान दिएका छन् ।

घटनापछि उनी इनड्राइभबाट मोटरसाइकल मगाएर सातदोबाटोसम्म पुगेका थिए । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलङ्की पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके ।

त्यसपछि उनी महारनगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् । अब घटनाबारे अनुसन्धान तीव्र बनाइने एसएसपी भट्टराईले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register