फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्न सकिने

काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्न सकिने बताएको छ । ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्ने उद्देश्यसहित कम्पनीले सो योजना सार्वजनिक गरेको हो । यसका लागि ग्राहकहरूले मोबाइल बैङ्किङ एपको फोनपे बिल्सबाट कम्तीमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ । पौष […]

Dec 24, 2024 - 07:29
 0
फोनपेबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्न सकिने

काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्न सकिने बताएको छ ।

ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन गर्ने उद्देश्यसहित कम्पनीले सो योजना सार्वजनिक गरेको हो । यसका लागि ग्राहकहरूले मोबाइल बैङ्किङ एपको फोनपे बिल्सबाट कम्तीमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ ।

पौष २९ गतेसम्म चल्ने उक्त योजनामा लक्की ड्रामार्फत् विजेताहरूको चयन गरिने बताइएको छ । जसमा ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् ।

कसरी सहभागी हुने ?

फोनपेको ‘नेट सेट गो!’ अभियानमा सहभागी हुन निम्न चरणहरू अनुसरण गर्न सकिन्छ ।

१. मोबाइल बैङ्किङ एप खोल्नुहोस्: फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस् ।
२. फोनपे बिल्स चयन गर्नुहोस्: एपमा ‘भुक्तानी’ वा ‘बिल भुक्तानी’ सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस् ।
३. इन्टरनेट बिल चयन गर्नुहोस्: ‘इन्टरनेट’ ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस् ।
४. बिल विवरण प्रविष्ट गर्नुहोस् : आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस् ।
५. ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस् : लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तीमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस् ।
६. भुक्तानी पुष्टि गर्नुहोस् : सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस् ।

फोनपे बिल्समार्फत् इन्टरनेट बिल भुक्तानी गर्ने फाइदाहरू:

१. सहजता: फोनपे ले तपाईँको इन्टरनेट बिल भुक्तानी गर्दा लामो लाइनको झन्झट बिना छिटो र सहज प्रक्रिया प्रदान गर्दछ ।
२. छिटो र सरल: फोनपे ले तपाईँको भुक्तानीलाई छिटो र सजिलो बनाउँछ, जसले तपाईँको समय बचत गर्छ ।
३. सुरक्षित लेनदेन: फोनपे ले उच्च सुरक्षा प्रोटोकलहरूको प्रयोग गरी तपाईँको व्यक्तिगत र भुक्तानी जानकारीको सुरक्षा सुनिश्चित गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register