चिसो र खानेकुराको अभाव झेल्दै राउटे समुदाय (तस्वीरहरू)

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को गिरीगाड खोला किनारमा बस्दै आएको छ । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएका राउटे समुदाय केही समयअघि मात्रै गिरीघाट खोलामा बसाइँ रहेका हुन् । केवल त्रिपालको झुप्रो र केही खरले छाएको छानामा बस्दै आएका राउटे समुदायलाई जाडोले सताएको […]

Dec 26, 2024 - 07:02
 0
चिसो र खानेकुराको अभाव झेल्दै राउटे समुदाय (तस्वीरहरू)

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को गिरीगाड खोला किनारमा बस्दै आएको छ ।

केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएका राउटे समुदाय केही समयअघि मात्रै गिरीघाट खोलामा बसाइँ रहेका हुन् ।

केवल त्रिपालको झुप्रो र केही खरले छाएको छानामा बस्दै आएका राउटे समुदायलाई जाडोले सताएको छ ।

हिउँदको जाडोका कारणले समस्या भएको अहिले खानका लागि समस्या रहेको राउटे दीपक शाही बताउँछन् । ”जाडोका समयमा लुगाको कमी रहेको छ,” उनले भने, ”खानाका लागि चामल पनि छैन ।”

रातमा आगो बालेर रात कटाउने गरेको राउटे हरीबहादुर शाहीले बताए ।

विसं २०७८ को जनगणनाअनुसार हाल यो समुदायमा कुल ४६ घरधुरी छन् भने जम्मा राउटेहरुको जनसङ्ख्या १४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल उनीहरुको प्रमुख आहार हो ।

काठका भाँडाकुँडा बनाएर बिक्री यो समुदायमा अहिले भने केही परिवर्तन हुँदै आएको छ ।

तस्वीरहरू-

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register