अमेरिकामै उत्पादन गर्दा आईफोनको मूल्य ५ लाख पुग्नसक्ने, अहिले जस्तै चीनमा बनेपनि ३०% महँगिने
काठमाडौँ । एप्पलले संयुक्त राज्य अमेरिकामा आईफोन उत्पादन गरेको खण्डमा मूल्य निकै बढ्न सक्ने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वभर अन्धाधुन्ध किसिमले कर लगाएपछि अमेरिकी उपभोक्ताहरूले कपडादेखि इलेक्ट्रोनिक्ससम्मका उत्पादनहरूमा उच्च मूल्यवृद्धि भोग्नुपर्ने जोखिम देखिएको हो । एक प्रमुख प्राविधिक विश्लेषकले आईफोन अमेरिकामा बनाइएमा मूल्य लगभग तीन हजार ५०० अमेरिकी डलर (करिब ४ लाख ८५ हजार रुपैयाँ) सम्म पुग्न सक्ने चेतावनी दिएका छन् । वेडबुश सेक्युरिटिजका प्राविधिक अनुसन्धान प्रमुख ड्यान आइभ्सले सीएनएनसँगको कुराकानीमा अमे...

What's Your Reaction?






