नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय पुगेका पौडेलले पदभार ग्रहण गरेका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । साथै, पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  भेटेका छन् । बुधबार […]

May 21, 2025 - 07:23
 0
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय पुगेका पौडेलले पदभार ग्रहण गरेका हुन् ।

सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो ।

साथै, पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी उनले अर्थमन्त्रीलाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैङ्कको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्वसचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register