नेपाल राहत शिक्षक समितिको जिल्ला अध्यक्षमा पण्डित  

 बाजुरा।  नेपाल  राहत शिक्षक जिल्ला कार्यसमिति बाजुराको अध्यक्षमा मालिका मावि मार्तडीका  शिक्षक मथुराराज पण्डित सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम मार्तडीमा शनिवारदेखि सुरु भएको  समितिको छटौं जिल्ला अधिवेशनबाट पण्डितको नेतृत्वमा १८ सदस्यी जिल्ला कार्यसमिति निर्वाचित भएको हो।  नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य एवं बडीमालिका नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । […]

Dec 29, 2024 - 12:02
 0
नेपाल राहत शिक्षक समितिको जिल्ला अध्यक्षमा पण्डित  

 बाजुरा। 

नेपाल  राहत शिक्षक जिल्ला कार्यसमिति बाजुराको अध्यक्षमा मालिका मावि मार्तडीका  शिक्षक मथुराराज पण्डित सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम मार्तडीमा शनिवारदेखि सुरु भएको  समितिको छटौं जिल्ला अधिवेशनबाट पण्डितको नेतृत्वमा १८ सदस्यी जिल्ला कार्यसमिति निर्वाचित भएको हो। 

नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य एवं बडीमालिका नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त समितिले जिल्लामा कार्यरत राहत शिक्षकहरुको हकहितका लागि पैरवी गर्ने बताएको छ । शिक्षकको सम्मानजनक संयोजन, बिरामी बिदा , दर्गम एवं अन्य भत्ता एकनास हुनपर्ने माग राखेको नवनिर्वाचित अध्यक्ष पण्डितले बताएका छन् ।  एकै पेशामा कार्यरत तर पनि १७ किसिमका शिक्षक नेपालमा देखिएकाले शिक्षक शिक्षकबिच एकता कायम हुन पर्ने माग जिल्ला अधिवेशनले उठाएको छ। 

  असल शिक्षक चौतर्फी विकासको जग भएकाले शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने धारणा प्रमुख अतिथि एवं त्रिवेणी नगरपालिकाका नगरप्रमुख थापाले राखेका थिए । त्यसैगरी शिक्षकका हकहितका लागि आफ्नो क्षेत्रबाट सहयोग रहने धारणा बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मराज खड्काले राखेका थिए । बडिमालिका नगरपालकाको सभाहलमा सम्पन्न अधिबेशनमा दुई सय बढी  शिक्षकहरुको उपस्थिति थियो । अधिबेशन नेपाल रहात शिक्षक समिति बाजुराका कार्यबाहक अध्यक्ष बुद्ध विष्टको अध्यक्षतामा भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register