आज पुसेऔँसी, ड्रोनबाट देखिएको सुन्दर उत्तरगया धाम (फोटोहरू)

आज सोमबारे औँसी परेकाले मौन स्नान गरी मनोकामना पूरा हुने मान्यता छ । हेरौँ, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीमा लागेको मेला र ड्रोनबाट देखिएको सुन्दर उत्तरगया धाम ।

Dec 30, 2024 - 09:48
 0
आज पुसेऔँसी, ड्रोनबाट देखिएको सुन्दर उत्तरगया धाम (फोटोहरू)

नुवाकोट । आज पुसे औँसी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।
पौष कृष्ण औँसीका दिन परम्परागत रूपमा पितृलाई तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

वैदिक सनातन धर्मअनुसार दक्षिणायनको अन्तिम औँसी भएकाले आजको श्राद्ध महत्त्वपूर्ण मानिन्छ ।

श्राद्ध गर्ने परम्परा अनुसार पितृलाई आह्वान गरी विधिपूर्वक श्रद्धा अर्पण गरिन्छ । विशेषगरी नुवाकोट र रसुवाको बेत्रावती, गोकर्ण उत्तरगया, त्रिवेणीधाम, रिडी, र देवघाटजस्ता तीर्थस्थलमा भक्तजनहरूको भीड देखिन्छ । आज सोमबारे औँसी परेकाले मौन स्नान गरी मनोकामना पूरा हुने मान्यता छ ।

हेरौँ, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीमा लागेको मेला र ड्रोनबाट देखिएको सुन्दर उत्तरगया धाम

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register