आहा ! सुन्दर अन्तु डाँडा… (तस्विरहरू)

काठमाडौँ । इलाम जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य अन्तु डाँडामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ । देश-विदेशबाट आउने पर्यटकहरूको रोजाइमा पर्न थालेको अन्तुमा होटल तथा होमस्टे व्यवसायले उल्लेखनीय प्रगति गरेको छ । सुन्दर प्राकृतिक दृश्य, सूर्योदय अवलोकनका लागि प्रसिद्ध, र छोटो समयमा परिवर्तन हुने मनमोहक मौसमले अन्तु डाँडालाई थप आकर्षक बनाइदिएको छ । एकछिनमा […]

May 22, 2025 - 06:53
 0
आहा ! सुन्दर अन्तु डाँडा… (तस्विरहरू)

काठमाडौँ । इलाम जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य अन्तु डाँडामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ । देश-विदेशबाट आउने पर्यटकहरूको रोजाइमा पर्न थालेको अन्तुमा होटल तथा होमस्टे व्यवसायले उल्लेखनीय प्रगति गरेको छ ।

सुन्दर प्राकृतिक दृश्य, सूर्योदय अवलोकनका लागि प्रसिद्ध, र छोटो समयमा परिवर्तन हुने मनमोहक मौसमले अन्तु डाँडालाई थप आकर्षक बनाइदिएको छ । एकछिनमा बाक्लो तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसम पर्यटकका लागि विशेष अनुभव बन्छ ।

स्थानीय समुदायको सहभागितामा सञ्चालित स-साना कटेज र होमस्टेले यहाँको पर्यटनलाई थप प्रोत्साहन दिएको छ । यसले ग्रामीण आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register