ग्लोबल आईएमई बैङ्कको १८ वर्षे ‘जवान यात्रा’ : ग्राहकको रोजाइदेखि उत्कृष्ट करदातासम्म 

काठमाडौं । अब्बल बैङ्कको शीर्ष स्थान पाइसकेको निजी क्षेत्रकै अग्रणी बैङ्क ग्लोबल आईएमईले बिहीबारगतेदेखि १८ वर्षे यात्रा पूरा गर्दै छ । १८ वर्षे ‘जवान यात्रा’ पूरा  गरेर १९ वर्ष लाग्दै गर्दा बैङ्कले सहयोगी, ग्राहक, शुभचिन्तक सबै सबैलाई धन्यवाद दिएको छ । आफ्नो १८ वर्षे यात्रा पूरा गर्दै गर्दा बैङ्कको पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, […]

Jan 1, 2025 - 05:29
 0
ग्लोबल आईएमई बैङ्कको १८ वर्षे ‘जवान यात्रा’ : ग्राहकको रोजाइदेखि उत्कृष्ट करदातासम्म 

काठमाडौं । अब्बल बैङ्कको शीर्ष स्थान पाइसकेको निजी क्षेत्रकै अग्रणी बैङ्क ग्लोबल आईएमईले बिहीबारगतेदेखि १८ वर्षे यात्रा पूरा गर्दै छ । १८ वर्षे ‘जवान यात्रा’ पूरा  गरेर १९ वर्ष लाग्दै गर्दा बैङ्कले सहयोगी, ग्राहक, शुभचिन्तक सबै सबैलाई धन्यवाद दिएको छ ।

आफ्नो १८ वर्षे यात्रा पूरा गर्दै गर्दा बैङ्कको पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, सेवा प्रभावकारी र शाखा सञ्जालको हिसाबले बृहत् र अब्बल बैङ्क साबित भएको छ ।

२०६३ सालमा ग्लोबल बैङ्कको नाममा जन्म भएको बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई गाभ्दै ग्लोबल आईएमई बैङ्कको रूपमा आफूलाई उभ्याएको छ ।

बैङ्कको वित्तीय स्थिति

विसं २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैङ्कको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

आर्थिक वर्ष २०८०–८१ मा बैङ्कले सञ्चालन मुनाफा ८८६ दशमलव ७३ करोड र कर पछिको मुनाफा ६१३ दशमलव ७४ करोड हासिल गर्न सफल भएको छ । २०८०–८१ मा बैङ्कको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा बैङ्कको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । तर फी शुल्क र सञ्चालन आम्दानीमा भने ११२ दशमलव ७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्चतर्फ पनि १०८ दशमलव ४६ करोडले वृद्धि भएको छ ।

समीक्षा अवधिमा बैङ्कको खुद मुनाफामा ५५ दशमलव ६९ करोड रुपैयाँले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षाअनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आवजस्तै यस वर्षमा पनि बैङ्कको खुद मुनाफामा सङ्कुचन आएको छ ।

यस आवमा बैङ्कको कुल कर्जा ४ दशमलव ३८ प्रतिशत तथा निक्षेपमा १४ दशमलव ९२ प्रतिशतले बढेको देखिएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रूपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्याएको देखिन्छ ।

यसका अतिरिक्त गत वर्षजस्तै यस आवमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नुपरेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राखेको देखिन्छ ।

यस्तो चालु आवको प्रथम त्रैमासको प्रगति

चालु आको प्रथम त्रैमास सम्ममा बैङ्कको निक्षेपमा २४ दशमलव ५१ अर्बले वृद्धि भई ५२९ दशमलव ३८ अर्ब पुगेको छ । यस्तै कर्जा लगानीतर्फ पनि २७ दशमलव ८६ अर्बले वृद्धि भई ४१८ दशमलव ६३ अर्ब पुगेको छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैङ्कले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

चालु आवको पहिलो त्रैमासको अन्तमा बैङ्कको निष्क्रिय कर्जा ४ दशमलव ६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको छ ।

बैङ्कको आगामी यात्रा

बैङ्कले आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने गरी आफूलाई अग्रणी बैङ्कको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

बैङ्कले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य राखेको बताइएको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवालाई प्राथमिकतामा राखिने बैङ्कको उद्देश्य छ ।

बैङ्कले आगामी दिनमा ‘सबैका लागि बैङ्किङ’ भन्ने नारासहित काम गर्ने तयारी गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले जानकारी दिए । हाल बैङ्कले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालय, शाखारहित बैङ्किङ सेवा, एटीएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत जम्मा १ हजार १०० सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी समयमा बैङ्कले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरुपका रणनीतिहरू कार्यान्वयन गर्दै जाने बताइएको छ । बैङ्कले थप भ्यालु एडेड सर्भिसेज–प्रोडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ ।

आफ्नो व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडि बढाइने नीति बैङ्ले लिएको बताइएको छ । यसका अलवा साना उद्यमीहरूलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गर्ने, पूर्वाधार निर्माणतर्फ सहकार्य गर्ने, रेमिट्यान्स बजारलाई बिस्तार गर्दै अझ प्रभावकारी बनाइने बैङ्कको योजना रहेको छ ।

विभिन्न अवार्डबाट फरक–फरक विधामा सम्मानित

ग्लोबल आईएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैङ्क २०१६, सन् २०२२ मा युरोमनी अवार्ड्स, द बेस्ट बैङ्क इन नेपाल र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफूलाई स्थापित गरिसकेको छ । यसको अलवा धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याउने बैङ्कको रूपमा पनि ग्लोबल आईएमईले सम्मान थापिसकेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैङ्क तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैङ्कको रूपमा नेपाल सरकार, आन्तरिक राजश्व विभागले ग्लोबल आईएमई बैङ्कलाई सम्मानित गरेको छ । समीक्षा वर्षमा बैङ्कले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ ।

यो बैङ्कले व्यावसायिक सेवा सञ्जालको बिस्तारले छरिएर रहेको पुँजी सङ्कलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । यसका अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत ३ हजार ८०० जनाभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको उनकाे भनाइ छ ।

सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका

संस्थागत नागरिक हुनुको नाताले समाजप्रतिको जिम्मेवारीमा ग्लोबल आईएमई बैङ्क अग्रणी भूमिकामा देखिएको छ । सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदानलगायत नेपाल राष्ट्र बैङ्कबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयन ल्याएको छ ।

यस अवधिमा २०८० कार्तिक १७ गते जाजरकोट रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पमा परी धनजनमा भएको क्षतिलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्दो सहयोग गरेको थियो ।

यसका साथै बैङ्कले फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई सहयोग गरेको छ ।

निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरूमा समेत गरी आर्थिक वर्ष २०८०–८१ मा कुल ७ करोड १९ लाख रुपैयाँको योगदान गरेको छ ।

सेयरधनीको छैन हात रित्तो

आर्व २०८०–८१ समग्र बैङ्किङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन । पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि आर्थिक गतिविधि र कर्जाको माग सोचेअनुरुप बढ्न नसकेकोले त्यसको असर प्रत्यक्ष रुपमा यस बैङ्कलाई पर्नु स्वाभाविक रहन गयो ।

बैङ्कले आर्व २०८०-८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरूलाई बैङ्कको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार २५२ रुपैयाँको ५.५ प्रतिशत अर्थात् १ अर्ब १,९८ करोड ७० लाख ८२ हजार ३६३ रुपैयाँ ८६ पैसा लाभांश बोनस सेयरको रुपमा वितरण गर्न प्रस्ताव गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register