तीनकुने घटनामा न्यायिक छानविन गठन गर्नुपर्ने नागरिक प्रथम अभियानको माग

काठमाडौं । नागरिक प्रथम अभियानले चैत १५ गतेको तीनकुने घटनामा राजावादी र सत्ताधारी दुवै पक्षका राजनीतिक दलहरू जिम्मेवार रहेको भन्दै निष्पक्ष छानबिन आयोगको माग गरेको छ । तीनकुने घटनामा सरकार र प्रदर्शनकारी कहाँ चुके र दोषी को हुन् भनेर समग्र परिस्थितिको निष्पक्ष, स्वतन्त्र र तटस्थ छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने अभियानको माग छ । […]

Apr 3, 2025 - 08:24
 0
तीनकुने घटनामा न्यायिक छानविन गठन गर्नुपर्ने नागरिक प्रथम अभियानको माग

काठमाडौं । नागरिक प्रथम अभियानले चैत १५ गतेको तीनकुने घटनामा राजावादी र सत्ताधारी दुवै पक्षका राजनीतिक दलहरू जिम्मेवार रहेको भन्दै निष्पक्ष छानबिन आयोगको माग गरेको छ ।

तीनकुने घटनामा सरकार र प्रदर्शनकारी कहाँ चुके र दोषी को हुन् भनेर समग्र परिस्थितिको निष्पक्ष, स्वतन्त्र र तटस्थ छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने अभियानको माग छ ।

अभियानका प्रवक्त प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै सडकमा भइरहेका गतिविधिका कारण उत्पन्न देशको विद्यमान परिस्थितिले आफूलाई चिन्तित तुल्याएको उल्लेख गरेका छन् ।

‘आम नागरिकको जीवनलाई सहज र समुन्नति उन्मुख बनाउन सबैले आआफ्नो ठाउँबाट जिम्मेबार भूमिका निर्वाह गर्नु पर्नेमा राजनीतिक दलहरु स्वयं पूर्वाग्रहपूर्ण र स्वार्थप्रेरित तनाव बढाउने, आर्थिक, सामाजिक, प्रशासनिक, भूराजनीतिक तथा सामारिक संकट विस्तार गर्ने, राष्ट्रलाई दिशाहीन बनाएर धमिलो पानीमा माछा मार्न खोज्ने जस्ता प्रयासमा उद्यत देखिन्छन्, जो निक्कै खेदजनक र निन्दनीय अवस्था हो,’ प्रवक्ता सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्ता क्रियाकलापले नागरिकमा निरासा र असन्तुष्टि थप बढाउने, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै शंका र अविश्वास सृजना गर्ने र देशलाई असफलतातिर धकेल्ने निश्चित रहेकाले यस्ता घटनाहरु अबिलम्ब रोक्न र जिम्मेवार राजनीति गर्न सम्बन्धित सबैलाई अभियानले सचेत गराएको छ ।

अभियानले चैत १५ गते काठमाण्डौंको तीनकुने र आसपासको क्षेत्रमा कथित राजावादी प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनाहरुको हामी तीव्र निन्दा तथा भत्र्सना गरेको छ ।

घटनामा सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाउनुमा राज्य र प्रदर्शनकारीको गैरजिम्मेवार र अराजक टकरावको दुःखद परिणाम भएको अभियानले जनाएको छ ।

प्रदर्शनकारी नेतृत्वले सुनियोजित तवरले स्थितिलाई अराजक, उत्तेजक र ध्वंसात्मक बनाएर क्षणिक चर्चा बटुल्न तथा छुद्र राजनीतिक लाभ लिन खोजेको अभियानको आरोप छ । साथै, सरकारले सुरक्षा प्रबन्धनमा गम्भीर गल्ती गरेको प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register