आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम

काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २०भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस(आइफोन)मा ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम बन्द गर्न लागेको हो । १० […]

Jan 1, 2025 - 06:29
 0
आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम

काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ ।

अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २०भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस(आइफोन)मा ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक नचल्ने बताइएको छ ।

जसमा सामसङका मोडलहरु ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी, मोटोरोलाका मोडलहरु माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४, एचटीसीका मोडेलहरु वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१, एलजीका अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९०, सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ती एपहरु चल्ने छैन ।

एन्ड्रोइडको ४.१ भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबूक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबूक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लस ।

आईफोनका प्रयोगकर्ताले नयाँ उपकरण खरिद गर्न र यसलाई साट्नको लागि मे ५, २०२५ सम्मको समय पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register