इजरायली दूतावासले मनायो हानुक्का

काठमाडौं । इजरायलीहरूको महत्त्वपूर्ण धार्मिक पर्व हानुक्का नेपालमा पनि उत्साहपूर्वक मनाइएको छ। नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासको विशालनगरस्थित निवासमा पूर्व मन्त्री, सांसद, कूटनीतिज्ञ, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, विशिष्ट व्यक्तित्वहरूका साथै पत्रकारहरूको उपस्थितिमा हर्षोल्लासका साथ हनुक्का पर्व मनाइएको हो । हानुक्काको अन्तिम दिन बुधबार पूर्व मन्त्री सुनिल बहादुर थापा, जर्मन राजदूत थोमस […]

Jan 2, 2025 - 06:19
 0
इजरायली दूतावासले मनायो हानुक्का

काठमाडौं ।

इजरायलीहरूको महत्त्वपूर्ण धार्मिक पर्व हानुक्का नेपालमा पनि उत्साहपूर्वक मनाइएको छ। नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासको विशालनगरस्थित निवासमा पूर्व मन्त्री, सांसद, कूटनीतिज्ञ, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, विशिष्ट व्यक्तित्वहरूका साथै पत्रकारहरूको उपस्थितिमा हर्षोल्लासका साथ हनुक्का पर्व मनाइएको हो ।

हानुक्काको अन्तिम दिन बुधबार पूर्व मन्त्री सुनिल बहादुर थापा, जर्मन राजदूत थोमस प्रिन्ज, अमेरिकी दूतावासका डिसिएम ज्यासन मीक्स, सांसद तारा लामा तामाङ, प्राडा बिम प्रसाद श्रेष्ठलगायतले हानुक्काको आठ वटा बत्ती बालेर सुरु गरिएको हानुक्का पर्वमा राजदूत श्मुलिकले हानुक्का पर्वको बारेमा जानकारी दिनुका साथै यस वर्ष इजरायल र विश्वभरका यहूदी समुदायले हानुक्कालाई शान्ति, सहिष्णुता र एकताको प्रतीकका रूपमा मनाएको बताए। स्मरण रहोस्, इजरायलमा झन्डै डेढ वर्षअघि अक्टोबर ७ मा हमासले आतङ्ककारी आक्रमण गरेयता इजरायल र हमासविच युद्ध जारी छ। 

हरेक दिन एक विशेष दीप बालेर आठ दिनसम्म मनाइने यहुदी समुदायको यो पर्वलाई प्रकाशको पर्व पनि भनिन्छ। इस्वी सम्वत्पूर्व दोस्रो शताब्दीमा मक्काबी विद्रोहीहरूले ग्रीक साम्राज्यलाई परास्त गरी जेरुसेलमको मन्दिर पुनः कब्जा गरेको स्मरणमा यो पर्व मनाइएको हो।

त्यति बेला मन्दिरमा पवित्र दीप बाल्नका लागि केवल एक दिन मात्र पुग्ने तेल बाँकी भएको तर त्यो दीप आठ दिनसम्म निरन्तर बलेको भन्ने भनाई छ। यसरी एक दिन मात्र पुग्ने तेलले आठ दिनसम्म दीप बल्नुलाई चमत्कार मान्दै हानुक्का आठ दिनसम्म मनाउने प्रचलन बसेको हो ।

यो पर्वमा विशेष गरेर परिवार र समुदाय भेला भएर दीप प्रज्वलन गर्ने, प्रार्थना गर्ने र तेलमा पकाइएका लाट्केस (आलुको परिकार) र सुफगनियोट (जाम भरिएको डोनट) लगायतका परम्परागत परिकारहरू खाने चलन छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register