युट्युबले भोलिबाट मनिटाइजेसन नीतिमा गर्दै छ यस्ता परिवर्तन

एजेन्सी । भिडिओ स्ट्रिमिङ प्लटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीतिमा नयाँ परिवर्तन गर्दै छ । र, यस्तो परिवर्तन मंगलबारदेखि लागू हुने जनाएको छ । युट्युबका अनुसार केवल मौलिक र प्रामाणिक कन्टेन्ट बनाउने क्रिएटरहरूलाई प्रोत्साहन दिइनेछ । युट्युबका सम्पादकीय प्रमुख रेने रिचीले यो विषयमा थप प्रष्ट पार्दै भने, “स्प्याम ठानिने, बारम्बार दोहोरिने र ठूलो परिमाणमा उत्पादन गरिएको […]

Jul 14, 2025 - 17:37
 0
युट्युबले भोलिबाट मनिटाइजेसन नीतिमा गर्दै छ यस्ता परिवर्तन

एजेन्सी । भिडिओ स्ट्रिमिङ प्लटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीतिमा नयाँ परिवर्तन गर्दै छ । र, यस्तो परिवर्तन मंगलबारदेखि लागू हुने जनाएको छ । युट्युबका अनुसार केवल मौलिक र प्रामाणिक कन्टेन्ट बनाउने क्रिएटरहरूलाई प्रोत्साहन दिइनेछ । युट्युबका सम्पादकीय प्रमुख रेने रिचीले यो विषयमा थप प्रष्ट पार्दै भने, “स्प्याम ठानिने, बारम्बार दोहोरिने र ठूलो परिमाणमा उत्पादन गरिएको कन्टेन्ट मनिटाइजेसनका लागि अयोग्य हुनेछ । युट्युब पार्टनर प्रोग्रामका लागि कन्टेन्ट मौलिक र प्रामाणिक हुनैपर्छ ।”

युट्युबले आफ्नो “पुन: प्रयोग गरिएको कन्टेन्ट” नीतिमा कुनै परिवर्तन नगरेको जनाएको छ । यो नीतिअन्तर्गत टिप्पणी, क्लिपहरू र प्रतिक्रिया भिडिओ जस्ता कन्टेन्टको समीक्षा गरिन्छ । यस्ता कन्टेन्ट अझै पनि मोनेटाइज हुन सक्ने युट्युबले बताएको छ, तर तिनमा मौलिक टिप्पणी वा शैक्षिक मूल्य जस्ता रचनात्मक तत्व समावेश हुनुपर्छ ।

एआई कन्टेन्टमाथि युट्युबको दृष्टिकोण

धेरैले प्रश्न उठाएका छन्– के युट्युबले अब एआईको प्रयोगमा प्रतिबन्ध लगाउँदैछ ? युट्युबले स्पष्ट रूपमा भनेको छ कि उनीहरू एआईको विरुद्धमा होइनन्, बरु एआईमार्फत कन्टेन्ट अझ राम्रो बनोस् भन्ने पक्षमा छन् । युट्युबले क्रिएटरहरूलाई स्वचालित डबिङ र ड्रिम स्क्रिन जस्ता एआई उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।

तर, सबै च्यानलहरूले युट्युबको मनिटाइजेसन नीति पालना गर्नुपर्नेछ । क्रिएटरहरूले आफ्नो कन्टेन्ट वास्तविक हो वा होइन, र यदि त्यसमा कुनै परिवर्तन गरिएको छ भने त्यसबारे स्पष्ट गर्नुपर्नेछ । उदाहरणका लागि, यदि कन्टेन्टमा एआईबाट निर्मित तस्वीर वा भिडिओ प्रयोग गरिएको छ भने, त्यो एआई-जनरेटेड हो भनी उल्लेख गर्नुपर्छ ।

यद्यपि, ब्युटी फिल्टर, रेकर्ड गरिएको आवाजको गुणस्तर सुधार गर्न प्रयोग गरिएका प्रभाव, वा एआईबाट बनाइएको मिसाइलको भिडिओ जस्ता कन्टेन्टमा एआई प्रयोग भएको उल्लेख गर्न आवश्यक छैन । तर, कसैको अनुहार वा आवाज परिवर्तन गरिएको छ, मेडिकल सल्लाह जस्तो देखिने कन्टेन्ट बनाइएको छ, वा कुनै शहरमा मिसाइल खसालिएको जस्तो दृश्य देखाइएको छ भने, त्यस्ता कन्टेन्टमा एआई प्रयोग भएको स्पष्ट गर्नुपर्नेछ ।

‘अप्रामाणिक कन्टेन्ट’ के हो?

युट्युबले ‘मास प्रोड्यूस’ गरिएको कन्टेन्टलाई अप्रामाणिक कन्टेन्टको श्रेणीमा राखेको छ । उदाहरणका लागि, यदि कुनै च्यानलले सतही भिन्नताका साथ भ्वाइस-ओभरमा आधारित भिडिओ अपलोड गर्छ वा एकै प्रकारको कथनसहित स्लाइडशो अपलोड गर्छ भने त्यस्तो कन्टेन्टलाई मास प्रोड्यूस मानिनेछ ।

मनिटाइजेसनका लागि योग्यता

युट्युब धेरैका लागि आम्दानीको स्रोत बनेको छ । भ्लग, व्याख्यात्मक भिडिओ, कथाहरू जस्ता विभिन्न कन्टेन्टमार्फत मानिसहरूले आम्दानी गरिरहेका छन् । युट्युब पार्टनर प्रोग्राम (YPP) मा सामेल हुनका लागि च्यानलले निश्चित मापदण्ड पूरा गर्नुपर्छ । १२ महिनाभित्र १,००० सब्सक्राइबर र ४,००० वैध सार्वजनिक वाच घण्टा पूरा भएमा, वा ९० दिनभित्र १,००० सब्सक्राइबर र १ करोड वैध सार्वजनिक सर्ट्स भ्यूज प्राप्त भएमा च्यानल YPP का लागि योग्य हुन्छ ।

यी मापदण्ड पूरा भएपछि क्रिएटरहरूले युट्युबमा आफ्नो इमेल र खाता विवरण पेस गर्न सक्छन्, र युट्युबले प्रक्रिया अगाडि बढाउँछ ।

यस नीतिले क्रिएटरहरूलाई रचनात्मक र प्रामाणिक कन्टेन्ट बनाउन प्रोत्साहित गर्ने युट्युबको उद्देश्य रहेको छ । बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register