शिवसताक्षीमा १४२६ जना अपाङ्गता भएका व्यक्तिले सेवा लिए, ४६० नयाँ कार्ड वितरण

शिवसताक्षी, १८ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम मंगलबार सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर नगर भरीबाट १४२६ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका छन् । नगरभरीबाट ४६० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा [...] The post शिवसताक्षीमा १४२६ जना अपाङ्गता भएका व्यक्तिले सेवा लिए, ४६० नयाँ कार्ड वितरण appeared first on Jhapa Online.

Jan 2, 2025 - 13:12
 0
शिवसताक्षीमा १४२६ जना अपाङ्गता भएका व्यक्तिले सेवा लिए, ४६० नयाँ कार्ड वितरण

शिवसताक्षी, १८ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम मंगलबार सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर नगर भरीबाट १४२६ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।

नगरभरीबाट ४६० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा १७ जनालाई रातो र १४५ जनालाई निलो, १७५ जनालाई पहेंलो र १२३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए ।

परिचय पत्र वितरण कार्यक्रमको समापनमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले नगर भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई केही न केही सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । कतिपय अपाङ्गता भएका व्यक्तिहरु नगरसम्म आउन नसकेका कारण पनि कार्ड लिन पाउनु भएको थिए ।

उहाँलाई शिविरले धेरै राहत प्रदान गरेको छ। शिविरबाट जतिजनाले कार्ड प्राप्त गर्नु भएको उहाँहरुले सरकारबाट पाउने कार्ड अनुसारको सुविधा पाउनु हुने समेत नगरप्रमुख थोप्राले जानकारी गराए । नगरप्रमुख थोप्राले ११ दिनसम्म शिविरमा खट्नु हुने कर्मचारी, स्वाथ्यकर्मी, शिविरको सहजीकरण गर्नुुहुने डाक्टरहरुलाई धन्यवाद ज्ञपान गरेका थिए ।

त्यस्तै नगरकी उपप्रमुख नरमाया कार्कीले नयाँ कार्ड प्राप्त अपाङ्गता भएको व्यक्तीहरुलाई अब आवश्यक अनुसार सामाग्रीहरु प्रदान गरिने जानकारी दिइन् । उनले उहाँलाई आवश्यक पर्ने हुइलचियर, छडी, कानसुन्नका लागि आश्वयक प्रविधियुक्त मेसिन प्रदान गरिने बताइन् ।

परिचय पत्र वितरणमा शिविरमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सहयोग सचिव दुर्गा बरालको टोलीले अनुगमन गरेको थियोे ।

जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका थिए ।

कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको हो। त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविर समापन कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाङफे, लेखा अधिकृत प्रकाश योङहाङ्ग, वडाध्यक्ष हर्क सिगु लगायतको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षीमा १४२६ जना अपाङ्गता भएका व्यक्तिले सेवा लिए, ४६० नयाँ कार्ड वितरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register