जिप दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु

बझाङ, १९ पुस । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा १ जनासहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया [...] The post जिप दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु appeared first on Jhapa Online.

Jan 3, 2025 - 02:15
 0
जिप दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु

बझाङ, १९ पुस । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा १ जनासहित चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुर धामीको ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको जनाइएको छ। बमबहादुर धामीको छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो। जीप झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ। दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ बर्षीय जिप चालक धर्म थापा रहनुभएको प्रहरीले जानकारी दिएको छ। भातेखोलाबाट रनाडा जानेक्रममा सुदुरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका(१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिप सडक भन्दा १ सय मिटर तल खसेको समेत प्रहरीले जानकारी दिएको छ । जिपमा चालक थापा मात्रै सवार रहेको मष्टा गाउँपालिका(१ का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो ।

The post जिप दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register