मोबाइल बैंकिङ र डिजिटल वालेटमा यसरी हुँदैछ ठगी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले इसेवा, खल्तिजस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सजग रहन सूचित गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार  ७ बुँदे ब्रिफिङसहितको वक्तव्य जारी गर्दै सर्वसाधारणलाई   मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोगबारे सचेतना दिएका हुन् […]

Jan 3, 2025 - 13:35
 0
मोबाइल बैंकिङ र डिजिटल वालेटमा यसरी हुँदैछ ठगी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले इसेवा, खल्तिजस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सजग रहन सूचित गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार  ७ बुँदे ब्रिफिङसहितको वक्तव्य जारी गर्दै सर्वसाधारणलाई   मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोगबारे सचेतना दिएका हुन् ।

सीआईबीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत प्लेटफर्मबाट बोलेको भन्दै अपरिचित नम्बरबाट मेसेज वा कल गरी ठगी गर्ने कार्य बढेकाले सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता कल आएमा निम्न कार्य गर्न ब्यूराेले अनुरोध गरेको छ ।

१. e-Sewa, Khalti जस्ता Wallet, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी Call गर्ने ।

२. e-Sewa, Khalti लगायत Digital wallet मा पटक-पटक गलत Password राखेर Wallet Temporarily close गर्ने र त्यही समय Wallet प्रयोग कर्तालाई कल गरी तपाईको Wallet मा समस्या आएको छ ? म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी O.T.P. माग गर्ने र क्षणभरमा नै उक्त Wallet मा भएको पैसा अन्य व्यक्तिको Wallet वा बैंक खातामा ट्रान्सफर गर्ने ।

३. सामाजिक संजालमा बिभिन्न खालका प्रलोभनमा पार्ने Message हरु पठाउने र बिभिन्न किसिमका Artificial Intelligence ले create गरेको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको व्यापार छ भन्ने जस्ता Link पठाई खोल्न लगाउने र Link खोल्ने बित्तिकै username र password मा पहुँच पुयाई पैसा ट्रान्सफर गर्ने ।

४. अनलाईन व्यापारको नाममा सामाजिक संजालमा बिभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा बिभिन्न QR र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसके पछि सामान डेलिभरि नगरी सम्पर्क बिहिन भई ठगी गर्ने ।

५. हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा CIB ले अनुसन्धान गरिरहेको छ ।

६. यस्तो कार्यमा हालसम्म ५०० भन्दा बडी संदिग्ध फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न हुन समेत अनुरोध गर्दछौ ।

७. यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरुको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन हुन अनुरोध गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register