महिला गोल्डकपको उपाधिको लागि आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुँदै

इलाम, २५ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुदैछ । क्लब ओए सीस इलामको आयोजनामा ठुलो टुँडिखेलमा दुई टिम भिड्दै छन् । आर्मीले सेमिफाइनलमा आयोजक ओए सीस क्लब इलामलाई पराजित गर्दै उपाधि होडमा उभिएको हो भने [...] The post महिला गोल्डकपको उपाधिको लागि आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुँदै appeared first on Jhapa Online.

Mar 8, 2025 - 07:10
 0
महिला गोल्डकपको उपाधिको लागि आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुँदै

इलाम, २५ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुदैछ । क्लब ओए सीस इलामको आयोजनामा ठुलो टुँडिखेलमा दुई टिम भिड्दै छन् ।

आर्मीले सेमिफाइनलमा आयोजक ओए सीस क्लब इलामलाई पराजित गर्दै उपाधि होडमा उभिएको हो भने एपीएफले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि मैदान उत्रँदै छ । आर्मीलेले ओएसिसलाई २(० गोलले पाखा लगाएको थियो भने एपीएफले पुलिस सँग १(० को कठिन जीत निकालेको थियो । एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा १० खेलाडी एक साथ खेल्दै छन् ।

आर्मीले पनि राष्ट्रिय टिमको खेलाडी सहित नेपाली राष्ट्रिय टिमकी दोस्रो रोजाइको गोलरक्षक अञ्जना राना मगरलेले गोल पोस्ट सम्हाल्ने छिन । आर्मीले खेलमा राष्ट्रिय टिमकी डिफेन्डर विमला बिके, पूर्व राष्ट्रिय खेलाडी शर्मिला थापा , राष्ट्रिय टिमकी स्ट्राइकर विमला चौधरी, राष्ट्रिय टिमकी दोस्रो रोजाइकी गोलरक्षक अञ्जना राना मगर , चन्द्रा भण्डारी, अञ्चली वाइबा हेमा चौधरी, सुनिता चौधरी लगायत खेलाडी मैदान उतार्दै छ । एपीएफले प्रीति राई, निशा थोकर , अनिता केसी, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, गीता राना, सविता राना मगर, सावित्री किसन, रेनुका नगरकोटी, सरु लिम्बू मनमाया दमाई लगायतका राष्ट्रिय टोलीका खेलाडी मैदान उतार्ने छ । दुवै टिम उपाधि उचाल्न आ आफ्नै रणनीतिका साथ मैदान उतार्दै आर्मीका टिम कोच कृष्ण सिंह टुङ्नाले र एपीएफका कोच जिवेस पाण्डेले बताएका छन् ।

नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता फागुन १७ गते देखि सञ्चालन भएको हो । प्रतियोगितामा विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब , साथै पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओए सीस सहभागी थिए भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी भए ।

प्रतियोगिताको विजेताले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

The post महिला गोल्डकपको उपाधिको लागि आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register