पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो

काठमाडौँ,२१ पुस । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन [...] The post पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो appeared first on Jhapa Online.

Jan 5, 2025 - 10:00
 0
पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो

काठमाडौँ,२१ पुस । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ ।

आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

The post पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register