कुमारीपाटी व्यापारकाे स्थापना दिवस मनाइयो

 ललितपुर।  कुमारीपाटी जावलाखेल व्यापार संघकाे १५ औं  स्थापना दिवस मंङ्गलबार मनाइयो ।  कुमारीपाटीमा आयाेजित एक कार्यक्रमका बीच संघका अध्यक्ष वीरेन्द्र शाक्यले शिक्षा, व्यवसायकाे हबका रूपमा रहेको यस क्षेत्रको हितसँगै सामाजिक उत्तरदायित्वकाे भावनाले काम गरिरहेकाे बताए।  १५ वर्षका दाैरानमा  तीन पटक कुमारीपाटी जावलाखेल महाेत्सव अायाेजना गरिसकेकाे जनाउँदै अध्यक्ष शाक्यले ती महाेत्सवले यहाँकाे व्यापार व्यवसायकाे प्रवर्द्धन गर्न […]

May 6, 2025 - 17:23
 0
कुमारीपाटी व्यापारकाे स्थापना दिवस मनाइयो

 ललितपुर।

 कुमारीपाटी जावलाखेल व्यापार संघकाे १५ औं  स्थापना दिवस मंङ्गलबार मनाइयो ।

 कुमारीपाटीमा आयाेजित एक कार्यक्रमका बीच संघका अध्यक्ष वीरेन्द्र शाक्यले शिक्षा, व्यवसायकाे हबका रूपमा रहेको यस क्षेत्रको हितसँगै सामाजिक उत्तरदायित्वकाे भावनाले काम गरिरहेकाे बताए।

 १५ वर्षका दाैरानमा  तीन पटक कुमारीपाटी जावलाखेल महाेत्सव अायाेजना गरिसकेकाे जनाउँदै अध्यक्ष शाक्यले ती महाेत्सवले यहाँकाे व्यापार व्यवसायकाे प्रवर्द्धन गर्न महत्त्वपूर्ण टेवा पुर्याएकाे बताए । 

संघले गत चैत्र २२ र २३ गते पछिल्लाे पटक सडक महाेत्सव अायाेजना गरेकाे थियाे । साे महाेत्सवले सुक्दै गएकाे बजार प्रवर्द्धन गर्न टेवा पुर्याएकाे बताउँदै अध्यक्ष शाक्यले स्थानीयवासी, कुमारीपाटी क्लब, ललितपुर महानगरपालिका र निजी क्षेत्र सबैकाे साथ सहयाेग लिएर महाेत्सवलाई आगामी वर्षमा निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे।

 संघले गर्दै अाएकाे महाेत्सवलाई निजी क्षेत्र र महानगरपालिकाले उचित मुल्यांकन गर्न पनि उनले माग गरे।

साे अवसरमा ललितपुर महानगरपालिका- १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले अहिलेसम्म गरिसकेका महाेत्सवबाट सिक्दै आगामी दिनमा गर्ने महाेत्सवलाई अझ व्यापक, सहभागितामूलक बनाउनुपर्नेमा जाेड दिए। झन्डै अढाई दर्जन मेला महाेत्सव आयाेजना गरेकाे अनुभवसमेत रहेका वडाअध्यक्ष शाक्यले महाेत्सवकाे प्रभावकारिता बढाउन वडा सधैं सहयाेगी हुने बताए।

साे अवसरमा कुमारीपाटी क्लबका अध्यक्ष केशव खड्काले घरबहाल, बिक्रीकाे न्यूनता लगायत विभिन्न समस्याले पिराेलिएका व्यवसायीकाे उत्थान र स्थानीयकाे हितका लागि नियमित रात्रीकालीन बजार सञ्चालन गर्दै जानुपर्ने खाँचाे अाैल्याए । व्यापार व्यवसाय फस्टाएमा सामाजिक गतिविधि पनि राम्राे र सुचारु हुँदै जाने भएकाेले संघकाे गतिविधिलाई क्लबले सघाउँदै आएकाे  पनि अध्यक्ष खड्काले जानकारी दिए ।

साे अवसरमा ललितपुर उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुसन महर्जनले संघकाे कुमारीपार्टी र जावलाखेल व्यापार र व्यवसायीकाे हितका लागि संघले महत्त्वपूर्ण कार्य गर्दै आएकाेमा प्रशंसा गर्दै यसमा कार्यमा ललितपुर संघले सधै साथ र सहयाेग गर्ने संकल्प व्यक्त गरे।

साे अवसरमा ललितपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र कायस्थले निजी क्षेत्रको हकहितका लागि व्यवसायी सम्बध्द संघबीच सहकार्य हुनुपर्नेमा जाेड दिए।

समाजसेवी अजरमान जाेशीले राज्यले व्यवसायी संघसंस्थालाई मिल्न नदिने प्रपञ्च सधै रचिरहनेतर्फ सजक हुँदै काम गर्दै जानुपर्ने बताए।

साे अवसरमा ललितपुर कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष पूर्ण महर्जन, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्य लगायतले बोलेका थिए ।

१५ वर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा साे संघ स्थापना भएको थियाे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register