सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीको बहस सकियो, जाहेरवालाको जारी

काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ । केही समयअघि रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको अदालत स्रोतले बताएको छ । प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । बहस सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा जाहेरवालाको […]

Jan 8, 2025 - 09:27
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीको बहस सकियो, जाहेरवालाको जारी

काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ ।

केही समयअघि रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको अदालत स्रोतले बताएको छ ।

प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

बहस सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा जाहेरवालाको तर्फबाट बहस सुरु भएको अदालत स्रोतले जनाएको छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलको पालो आउनेछ ।

सरकारी वकिलको बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने अदालतले आदेश दिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register