जिल्लास्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकालाई

धादिङ ।  प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधि जितेकाे  हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ गाउँपालिका द्वितीय भयाे ।  प्रथम हुने नीलकण्ठ नगरपालिका टिमलाई  नगद ३० हजार, सिल्ड […]

May 31, 2025 - 16:45
 0
जिल्लास्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकालाई

धादिङ ।

 प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधि जितेकाे  हो ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ गाउँपालिका द्वितीय भयाे । 

प्रथम हुने नीलकण्ठ नगरपालिका टिमलाई  नगद ३० हजार, सिल्ड र मेडल तथा द्वितीय हुने  बेनिङाटराेराङ गाउँपालिका टिमलाई  १५ हजार नगद, सिल्ड र प्रमाणपत्र  प्रदान गरिएको थियाे ।

टस जितेर बेनिघाट रोराङ गाउँपालिकाले बलिङ रोजेपछि नीलकण्ठ नगरपालिकाले पहिलो इनिङमा ब्याटिङ गरेको थियो । नीलकण्ठका ओपनिङ ब्याट्म्यान सुसान रेग्मी र सन्दीप श्रेष्ठको सतकीय साझेदारीमा नीलकण्ठ नगरपालिकाले निर्धारित १५ ओभरमा १ सय ५१ रन बनाएको थियो । 

व्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दीप श्रेष्ठले ३१ बलमा ६१ रन जोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए । 

बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।

१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो । 

बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो । मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै व्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए । बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । 

त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नीलकण्ठ नगरपालिकाको लागि अर्धसतकीय पारी खेलेका ब्याटर सन्दीप श्रेष्ठ घोषित भए । 

प्रतियोगीताभरको उत्कृष्ट बलरको रुपमा नीलकण्ठ नगरपालिकाका आयुष भट्ट घोषित हुँदा उत्कृष्ट ब्याटर बेनिघाट रोराङ गाउँपालिकाका श्रीजन पाण्डे भए । त्यस्तै प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीको रुपमा भने २ अर्धशतक सहित नीलकण्ठ नगरपालिकालाई उपाधि दिलाउन महत्वपुर्ण योगदान दिएका ब्याटर सन्दीप श्रेष्ठले हात पार्दा उदयीमान खेलाडीको उपाधि बेनिघाट रोराङ गाउँपालिका १२ वर्षीय खेलाडी अनमोल पाण्डेले पाए ।

उनीहरुलाइ विधागत रुपमा ट्रफि प्रदान गरियो । प्रतियोगीतालाई ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नीलकण्ठ नगरपालिकाले मुख्य सहयोग गरेको थियो । त्यस्तै अन्तराष्टिय धादिङ समाज भारत शाखा र फिनल्याण्ड शाखाले क्रमशः नगद रु २० हजार र १५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए । त्यसैगरि धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी र धादिङवेशी स्थित कैलाश हार्डवेयरका प्रोपाइटर अनिल केसीले व्यक्तिगत रुपमा नगद सहयोग गरेका थिए ।

धादिङ जिल्ला क्रिकेट संघले धादिङको क्रिकेट खेलको विकासका लागि हरेक वर्ष उमेर समुह र पालिका स्तरीय प्रतियोगीता गर्दै आइरहेको छ । आगामी दशै तिहारको समयमा जिल्ला स्तरीय प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिरहेको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कडेलले बताए ।

पुरस्कार वितरण समारोहमा बेनिघाटराेराङ गाउँ पालिका अध्यक्ष विवेक थपलिया, नीलकण्ठ नगरपालिका  उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष  सीताराम अधिकारी लगायतकाे आतिथ्य  थियाे । 

प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register