धौलागिरी पारिजातको १७ औँ साधारण सभा : वित्तीय अवस्था प्रगति उन्मुख

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर भट्टराई को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।  कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सिता नेपाल, खिनादेवि [...] The post धौलागिरी पारिजातको १७ औँ साधारण सभा : वित्तीय अवस्था प्रगति उन्मुख appeared first on Jhapa Online.

Jan 10, 2025 - 09:22
 0
धौलागिरी पारिजातको १७ औँ साधारण सभा : वित्तीय अवस्था प्रगति उन्मुख

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किशोर भट्टराई को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। 

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सिता नेपाल, खिनादेवि मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ । 

कार्यक्रममा कार्यक्रममा झापा जिल्ला सहकारी संघ झापाका ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी,  ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सञ्चालक सदस्य माधवप्रसाद आचार्यले स्वागत गर्नुभएको  कार्यक्रमको सञ्चालन संस्थाका शिक्षा उपसमिति सदस्य ज्ञानेन्द्र अधिकारीले गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०८० / ०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य १२ हजार ७२६ जना, शेयर पुँजी ६ करोड ३६ लाख ६२ हजार २००, कोष हिसाब २ करोड ७१ लाख, ६९ हजार ५५५, बचत निक्षेप ३७ करोड ५ लाख ९० हजार ७३५, बाह्य ऋण ८ करोड ३ लाख ६० हजार ३८३, ऋण लगानी ४० करोड १९ लाख ६७ हजार ४२५, शेयर लगानी २ लाख ९० हजार ८० हजार १६ र स्थिर सम्पत्ति ३ करोड ३० लाख ६९ हजार ८४२ रहेको जानकारी दिनुभयो ।

संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले संस्थाको विगत पाँच वर्षको वित्तीय अवस्था प्रगति उन्मुख रहेको बताउनुभयो । संस्थाले स्थापना गरेको राहत कोषबाट १५२ जना लाभान्वित भएको बताउनुभयो । सो कोषबाट ७ लाख १० हजार १०८ रुपैयाँ राहत स्वरुप प्रदान गरिएको छ ।

२०६१ सालमा स्थापना भएको संस्थाले झापामा ९ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ ।

The post धौलागिरी पारिजातको १७ औँ साधारण सभा : वित्तीय अवस्था प्रगति उन्मुख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register