माओवादी केन्द्र र एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने सहमति गरेका छन् । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका नेताहरुबीचको छलफलमा समाजवादी मोर्चालाई क्रियाशिल बनाउने सहमति भएको हो । मोर्चालाई क्रियाशिल बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल […]

Jan 10, 2025 - 11:18
 0
माओवादी केन्द्र र एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने सहमति गरेका छन् ।

शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका नेताहरुबीचको छलफलमा समाजवादी मोर्चालाई क्रियाशिल बनाउने सहमति भएको हो ।

मोर्चालाई क्रियाशिल बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरुबीच निरन्तर छलफल भएको बताए । साथै, उनले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गरे ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशिल बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए ।

संविधान संशोधनका बिषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register