सृजनशीलको जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम 

काठमाडौँ।  जलवायु परिवर्तन, महिलाका समस्या समाधान  तथा वातावरणीय समस्या समाधान लगायतको क्षेत्रमा क्रियाशील रहँदै आएको काठमाडौँको तारकेश्वर नगरपालिका –४  स्थित सृजनशील महिला समाजको आयोजना र तारकेश्वर नपा वडा नं ४ को सहयोगमा मंगलबार जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम कछुवा पार्टी प्यालेसमा सम्पन्न भयो ।   तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तारकेश्वर नपा ४ का […]

Apr 29, 2025 - 14:15
 0
सृजनशीलको जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम 

काठमाडौँ। 

जलवायु परिवर्तन, महिलाका समस्या समाधान  तथा वातावरणीय समस्या समाधान लगायतको क्षेत्रमा क्रियाशील रहँदै आएको काठमाडौँको तारकेश्वर नगरपालिका –४  स्थित सृजनशील महिला समाजको आयोजना र तारकेश्वर नपा वडा नं ४ को सहयोगमा मंगलबार जलवायु परिवर्तन र जलवायु अग्रसरता सम्बन्धी तालिम कछुवा पार्टी प्यालेसमा सम्पन्न भयो । 

 तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तारकेश्वर नपा ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सबै पक्षको साझा अभियान जरुरी रहेको बताए । उनले सृजनशील महिला समाजले जलवायु परिवर्तन तथा वातावरणीय क्षेत्रको सुधारका लागि प्रभावकारी कार्य गरिरहेकोमा प्रशंसा गर्दै यस्ता कार्यमा वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 कार्यक्रममा बोल्दै वडा सदस्य विन्दु थापाले जलवायु परिवर्तनका कारण महिलाहरुले बढी समस्या भोग्नुपर्ने अवस्था आइरहेकाले वातावरणीय सुधारमा महिलाहरुले नै अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याए  । कार्यक्रमको अध्यक्षता गरेकी  सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीले जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीयतहबाट सक्रिय सहभागिता गराउन र आवश्यक जागरण पैदा गर्न तालिम  कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारिन । रेग्मीले जलवायु परिवर्तनका कारण मानवीय संकट र विपद आउन सक्ने भएकाले सबैजना सचेत भएर वातावरणीय सुधारको अभियानमा लाग्नुपर्ने र सोही उद्देश्यका साथ यो तालिम कार्यक्रमको आयोजना गरिएको बताइन् । सो तालिममा स्थानीय  महिला र पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो ।

 तालिममा  पीआरसीको सहजीकरण मार्फत आएका रुपान्तरण नेपालका प्रमुख कार्यकारी अधिकृत सोहनलाल श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।   प्रशिक्षक श्रेष्ठले जलवायु परिवर्तनको अवधारणा र विज्ञान, जलवायु परिवर्तनको असर, प्रभाव र अवसरहरु,जलवायु अनुकूलनका अवधारणा र उपायहरु तथा जलवायु परिवर्तन न्यूनीकरणको अवधारणा विषयमा गहन र विस्तृत प्रशिक्षण दिएका थिए ।

 कार्यक्रममा सहभागी भएका सबै जसोले तालिमबाट आफूहरुले जलवायु परिवर्तनका विभिन्न महत्त्वपूर्ण मुद्दाहरुका बारेमा जानकारी लिन सकेको र वातावरणीय सुधारमा लाग्न हुटुहुटी प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमका अवसरमा  ज्येष्ठ नागरिक समाजका डा वीरेन्द्र थपलिया, संस्थाकी रञ्जना शर्मा तथा प्रशिक्षक सोहनलाल श्रेष्ठले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र असरका बारेमा प्रकाश पारेका थिए  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register